साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात
kendrabindu.com · Tue May 26 03:26:31 GMT 2026
काठमाडौं । भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले विजयी सुरुआत गरेको हो ।
यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ । जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।
Read full story at source (kendrabindu.com)