जाइकाको सहयोगमा पुनर्निर्माण हुने सडकखण्डको काम सुरु
gorkhapatraonline.com · Tue May 26 03:33:26 GMT 2026

बनेपा, जेठ १२ गते । विसं २०८१ असोज दोस्रो साताको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत बर्खेखोलादेखि पिप्ले (सुक्खा पहिरो) सम्मको सडक पुनर्निर्माण सुरु गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने उक्त सडकखण्डको सोमबार एक कार्यव्रmमबिच नेपालका लागि जापानका राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
बाढीबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडकखण्डमध्ये काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एउटा खण्डमा पुनर्निर्माणको काम भइरहेको छ । जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने बर्खेखोलादेखि पिप्ले (सुक्खापहिरो) सम्मको ३.२ किलोमिटर सडक सोमबारदेखि औपचारिक रूपमा सुरु भएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)