‘यौनजन्य हिंसापीडितलाई छिटो न्याय दिन नीतिगत सुधार हुँदै’
gorkhapatraonline.com · Tue May 26 03:45:57 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य हिंसापीडितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेकोे बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना’ विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रव्रिmया सरकारले अघि बढाइरहेको बताउनुभयो ।
“डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध न्यूनीकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था लागु गर्न मन्त्रालयले काम गरिरहेको छ,” मन्त्री गौतमले भन्नुभयो । मन्त्री गौतमले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन तथा समयसीमाभित्र सम्पन्न नभएका आयोजनासम्बन्धी मुद्दा मामिलाको छिटो समाधानका लागि कानुनी परामर्श प्रव्रिmया सहज बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सबै कानुन सर्वसाधारणको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै सङ्व्रmमणकालीन न्याय प्रणालीको प्रभावकारिता बढाउन जनशक्ति व्यवस्थापन तथा पीडितमैत्री भौतिक संरचना विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)