सहिद बुद्धसिंह मार्ग अलपत्र, म्याद सकिँदा ६० प्रतिशत काम बाँकी
gorkhapatraonline.com · Tue May 26 04:19:33 GMT 2026

गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहिद बुद्धसिंह मार्गको कालोपत्रे कार्य निर्माण म्याद सकिएसँगै अलपत्र परेको छ । तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा ३४ करोड रुपियाँ लागतको यो सडक आयोजना गम्भीर अन्योलमा परेको हो ।
पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर शुष्मा अधिकारीका अनुसार सम्झौता अवधि सकिँदासमेत सडकको करिब ६० प्रतिशत काम अझै अधुरो रहेको छ । सफल मैनाचुली जेभीले २०७९ भदौ २७ गते ३३ महिनाभित्र सम्पन्न गर्ने गरी ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
Read full story at source (gorkhapatraonline.com)