लिलाम गरिँदै ग्यालेक्सी फोरके टीभीका सामान
barnanmedia.com · Tue May 26 04:17:24 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टेलिभिजन लिलाम प्रक्रिया अघि बढाएको छ । मंगलबार (जेठ १२) महानगरले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सूचना जारी गरेको हो ।
घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई टीभीका सामान लैजान सूचनामा भनिएको छ । ग्यालेक्सी फोरके रहेको घरका धनी काठमाडौं–३ का मृगेन्द्रप्रसाद मिश्रले भाडा असुलका निम्ति टीभीका सामान लिलाम गरी पाऊँ भनी महानगरमा निवेदन दिएका थिए । सोहीअनुसार महानगरले प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (barnanmedia.com)