चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
ratopati.com · Fri Aug 28 16:40:06 GMT 2026

गोरखा । आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन् । होसमा आएका बेला उनी चिच्याउँछिन्, “ए राजा, मलाई रानी बनाएर राखेका थियौ । अहिले कहाँ गयौ ?”
कृष्टिनालाई आफ्नो घरमा के भइरहेको छ भन्ने जिज्ञासा त हुँदो हो मनमनै तर, उनका कलिला मनले त्यति बुझ्न भ्याएको छैन । उनलाई त आफ्नो घरभरि मान्छे आएकामा ठिकै लागेको छ । किनकी, कृष्टिनालाई काखमा राख्ने र बोक्ने मान्छेको कमी छैन त्यहाँ ।
Read full story at source (ratopati.com)