किन बारम्बार बदलिन्छ राउटरको सुरक्षा ? डब्ल्यूईपीदेखि वाइ-फाइ ७ सम्मको यात्रा
ictsamachar.com

काठमाडौं । तीन दशकअघिसम्म इन्टरनेटको संसार अहिलेको जस्तो वायरलेस (ताररहित) थिएन । घर, कार्यालय वा क्याम्पसमा नेटवर्क भन्ना साथ ल्यान केबल सम्झिन्थ्यो । तर समयसँगै तार हट्दै गए, र त्यसैसँग नेटवर्क सुरक्षित राख्ने तरिका पनि बारम्बार बदलिन थाल्यो । आज वाइ-फाइ एलायन्स (Wi-Fi Alliance) का प्रमाणपत्रहरूमा वाइ-फाइ सर्टिफाइड ७ (Wi-Fi CERTIFIED 7) सँगै डब्ल्युपीए २ (WPA2) र डब्ल्युपीए३ (WPA3) दुवै देखिनु त्यही परिवर्तनको संकेत हो । सुरक्षा अब एउटै ढाँचामा अडिने विषय रहेन; यो निरन्तर अपडेट हुने प्रणाली बनेको छ ।
यस यात्राको पहिलो चरण डब्ल्यूईपी (WEP, Wired Equivalent Privacy) थियो । नामले त वायरलेसलाई तारजत्तिकै सुरक्षित बनाउने दाबी गर्थ्यो, तर व्यवहारमा त्यसले त्यो स्तर दिन सकेन । निस्टका अध्ययन हरूले डब्ल्यूईपीमा गम्भीर कमजोरी रहेको देखाएका थिए, र पछि ८०२.११आई (802.11i) ले त्यसको ठाउँ लिनुपर्ने आवश्यकता औँल्याएको थियो । अर्कोतर्फ, निस्टले नै पुराना वायरलेस सुरक्षा मोडहरूमा देखिएका कमजोरीहरूका कारण डब्ल्युपीए (WPA) र पछि डब्ल्युपीए२ (WPA2) तर्फ जानु आवश्यक भएको बताएको छ ।
Read full story at source (ictsamachar.com)