तीन महिनादेखि अपूर्ण लुम्बिनी सरकार
ekantipur.com · Mon Oct 21 17:19:03 UTC 2024
बुटवल — लुम्बिनीमा एमाले-कांग्रेस गठबन्धनको सरकार बनेको बुधबार तीन महिना पुग्दैछ । मुख्यमन्त्री चेतनारायण आचार्य तीन महिनाभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयासमा छन् । तर, सरकारलाई समर्थन गरेका साना दलबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार अलमलमै रहेको छ ।
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा महत्त्वपूर्ण मानिएका सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय रिक्त छन् ।
Read full story at source (ekantipur.com)