आफन्तको खबर पाउन परिवारजन आतुर
gorkhapatraonline.com · Thu Aug 27 08:51:31 GMT 2026

भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन् ।
बेपत्ताको यकीन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । “अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकीन गर्न निरन्तर प्रयत्न भइरहेको छ”, प्रजिअ यादवले भन्नुभयो, “यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन ।”
Read full story at source (gorkhapatraonline.com)