पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
barnanmedia.com · Thu Sep 10 23:52:42 GMT 2026

पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो ।
गाउँपालिकाको रु २५ लाख र किसानको रु २५ लाख लागत साझेदारी गरी कुल रु ५० लाखबराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)