चार दिनदेखि हराएकी महिलाको शव फेला
gorkhapatraonline.com · Tue May 26 05:37:47 GMT 2026

मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइरहनु भएको थियो ।
उहाँको शव मङ्गलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि इलाका प्रहरी कार्यालय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)