दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी
gorkhapatraonline.com · Tue May 26 05:59:01 GMT 2026

महेन्द्रनगर (धनुषा), जेठ १२ गते । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन् ।
धनुषामा मुख्य रूपमा डोम, चमार, पासवान, मुसहर, तत्मा, खत्वे, हलखोर, धोबीलगायत दलित समुदायको बसोबास रहेको छ । जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका तथा ग्रामीण क्षेत्रका विभिन्न बस्तीमा यी समुदायको वसोवास उल्लेख्य रहेको छ । जनकपुरधामको दक्षिण क्षेत्रमा बसोबास गर्दै आएका ६५ वर्षीय रामेश्वर महराले भन्नुभयो, “पहिला हाम्रो समुदायलाई समाजले हेर्ने दृष्टि धेरै फरक थियो, अहिले केही परिवर्तन आएको छ तर पूर्ण रूपमा समान व्यवहार अझै भएको छैन ।” उहाँका अनुसार शिक्षाको पहुँच बढेपछि नयाँ पुस्तामा आत्मविश्वास बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)