आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन, गोकर्णदेखि मिथिलासम्म विशेष पर्व
aarthiknews.com

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने, जीवित बाबुलाई सम्मान गर्ने तथा दिवङ्गत बाबुको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्ने परम्परा छ।
कुशेऔँसीलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर आदर र सम्मान प्रकट गर्ने तथा बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवङ्गत भइसकेकाले विभिन्न तीर्थस्थलमा पुगेर उनका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।
Read full story at source (aarthiknews.com)