भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, जुवा खेल्ने पाँच नेपालीसहित ६ जना पक्राउ
bishowkhabar.com · Fri Sep 11 00:59:01 GMT 2026

काठमाडौं– रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा सोही कार्यालयको विशेष टोलीले क्यासिनोमा छापा मारेर पाँच जना जुवाडे र उक्त क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेर स्थानीय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
Read full story at source (bishowkhabar.com)