भोटेकोशी बाढी: सामाजिक क्षेत्रको पुनर्निर्माणका लागि एक खर्ब तीन अर्ब आवश्यक
nepalnews.com · Fri Sep 11 01:01:36 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीका कारण सामाजिक क्षेत्रमा रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’ अनुसार यस क्षेत्रको पुनर्निर्माणका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने देखिएको छ।
प्रतिवेदनका अनुसार बाढीबाट सात हजार ५७० निजी घर ध्वस्त भएका छन्। घर र त्यहाँ रहेका सम्पत्तिको मूल्याङ्कन गर्दा रु ६३ अर्ब ८८ करोड ४८ लाखको क्षति भएको छ, जसको पुनर्निर्माणका लागि रु ९५ अर्ब ८२ करोड ७२ लाख लाग्ने अनुमान गरिएको छ। त्यस्तै, ४८ वटा सार्वजनिक भवनमा क्षति पुगेको छ, जसमध्ये ३५ पूर्ण रूपमा र १३ आंशिक रूपमा ध्वस्त भएका छन्। सार्वजनिक भवनको पुनर्निर्माणका लागि रु चार अर्ब २३ करोड आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।
Read full story at source (nepalnews.com)