प्रतिनिधिसभाको बैठक बस्दै
gorkhapatraonline.com · Fri Sep 11 01:01:22 GMT 2026

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । शुक्रबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ ।
Read full story at source (gorkhapatraonline.com)