लुसिफर राइजिङ विवाद राजनीतिक दबाब कि आन्तरिक मतभेद
kathmandupati.com · Tue May 26 06:26:11 GMT 2026

काठमाण्डु- थापागाउँस्थित एक थिएटर नेपाल मा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ अचानक अनिश्चितकालका लागि रोकिएपछि नेपाली रंगमञ्चमा नयाँ बहस सुरु भएको छ । सुरुमा निर्माण समूहले राजनीतिक दबाबका कारण नाटक रोक्नुपरेको दाबी गर्यो । तर केही घण्टामै सार्वजनिक अर्को स्पष्टीकरणमा भीडलाई दोष दिइयो । त्यसपछि प्रश्न झन् पेचिलो बन्यो-नाटक साँच्चै राजनीतिक हस्तक्षेपका कारण रोकियो कि विवाद सिर्जना गर्ने गरी तयार पारिएको एउटा नाटकीय अवस्थामात्र थियो ?
नाटक निर्माण संस्था मझुवा बगरले आइतबार साँझ जारी गरेको पहिलो सूचनामा अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण शो रोक्न बाध्य भएको उल्लेख गरेको थियो । उक्त सूचनापछि सामाजिक सञ्जालमा सरकारविरुद्ध आलोचना चुलियो । धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरे । विशेषत लुसिफर शब्दलाई पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह का आलोचकहरूले सांकेतिक रूपमा प्रयोग गर्दै आएका कारण नाटक सरकारको दबाबमा रोकिएको अनुमान तीव्र बन्यो ।
Read full story at source (kathmandupati.com)