पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिविरुद्ध रेड नोटिस जारी गर्न दोस्रोपटक पनि अस्वीकार
annapurnapost.com · Tue May 26 06:27:00 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्दै सम्पत्ति शुद्धीकरणको कसुर हेर्ने क्षेत्राधिकार जिल्ला अदालतको नभई विशेष अदालतमा भएको ठहर गरेको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी निष्क्रिय भइसकेको आदेश गरेको छ। जिल्ला अदालतले गत चैत २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। जेठ १ गते देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमा देउवाले आफूलाई पक्रने र हिरासतमा राख्ने कार्य नगर्नू, नगराउनू र आगजनीबाट नष्ट भएको बुढानीलकण्ठस्थित भग्नावशेषको सफा गर्ने काममा कुनै अवरोध नगर्नू, नगराउनू भन्ने अन्तरिम आदेश माग गरेका थिए।
Read full story at source (annapurnapost.com)