बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
arthasansar.com · Fri Sep 11 01:18:12 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा राखेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।
Read full story at source (arthasansar.com)