काठमाडौँ विश्वविद्यालयमा पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरु
lokaantar.com
काठमाडौँ विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गरेको छ ।
स्कुल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिइन् । “चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरसम्म पठनपाठन हुनेछ । विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउनेछन्”, उनको भनाइ छ ।
Read full story at source (lokaantar.com)