महिनावारीअनुसार व्यायाम मिलाउने ‘साइकल–सिंकिङ’ कति वैज्ञानिक ?
ratopati.com · Fri Sep 11 01:21:34 GMT 2026

महिलाहरूले आफ्नो महिनावारी चक्रअनुसार व्यायामको शैली र तीव्रता परिवर्तन गर्ने अभ्यास पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ । ‘साइकल–सिंकिङ’ भनिने यो अवधारणाअनुसार महिनावारीको विभिन्न चरणमा शरीरको ऊर्जा, शक्ति र सहनशीलतामा हुने सम्भावित परिवर्तनलाई ध्यानमा राखेर व्यायामको तालिका बनाइन्छ ।
टिकटक र इन्स्टाग्राममा यससम्बन्धी हजारौँ भिडियो सार्वजनिक भएका छन् । गुगलमा ‘साइकल–सिंकिङ’ सम्बन्धी खोजी सन् २०२२ यता ७४० प्रतिशतले बढेको र टिकटकमा यस ह्यासट्यागसँग सम्बन्धित ५५ हजारभन्दा बढी भिडियो रहेको अनुसन्धानले देखाएका छन् ।
Read full story at source (ratopati.com)