आज ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल
gorkhapatraonline.com · Fri Sep 11 01:25:46 GMT 2026

सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा शुक्रबार सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन् ।
हिन्दू मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसीया’ भनिन्छ । यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ । यस दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य र शुभकार्यमा प्रयोग गरिन्छ । कुशबिना सामान्यतः हिन्दू परम्पराका कुनै कार्य सम्पन्न नहुने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित दिनेशकुमार झा बताउनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)