सरकारसँग हातेमालो गर्दै राजनीतिक दल
gorkhapatraonline.com · Fri Sep 11 01:24:49 GMT 2026

भोटेकोशी हिमबाढीले रसुवा र नुवाकोटमा पुर्याएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिपछि सरकारका संयन्त्रहरूसँगै राजनीतिक दलहरू पनि उद्धार, राहत र सहयोगका लागि प्रभावित क्षेत्रमा खटिरहेका छन् ।
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ । रास्वपाले केन्द्रबाट सरकार र राजनीतिक दलहरूसँग खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि समन्वय गर्ने काम गरिरहेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय अन्तर्गत रहेको ‘भोटेकोशी हिमबाढीले रसुवा र नुवाकोटमा पुर्याएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिपछि सरकारका संयन्त्रहरूसँगै राजनीतिक दलहरू पनि उद्धार, राहत र सहयोगका लागि प्रभावित क्षेत्रमा खटिरहेका छन् । र्यापिड एक्सन टिम’ ले विपत्ग्रस्त क्षेत्रमा पुगेर राहत र उद्धारका लागि काम गरिरहेका छन् । पार्टी प्रदेश, जिल्ला र स्थानीय तहका विभिन्न टिमले सरकारका तीन वटै तहबाट भएका कामलाई सहयोग गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)