कृष्णभिरले निम्त्याएको संकट यथावत, राजधानीको लाइफलाइन अस्तव्यस्त
ajakoartha.com · Fri Sep 11 01:25:00 GMT 2026

काठमाडौं - पृथ्वी राजमार्गको ‘कृष्णभिरमा आएको पहिरोले सिंगो राज्यलाई नै हायलकायल पारेको छ । आज १२ दिनसम्म पनि सडक सुचारु हुन सकेको छैन । जसको कारण मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन नै संकटग्रस्त भएको छ । दैनिक अत्यावश्यक वस्तुको आवागमन मात्र रोकेको छैन, आम यात्रुको आवागमनमा प्रत्यक्ष असर गरेको छ । संघीय राजधानी र पर्यटकीय राजधानी पोखराबीचको पर्यटक यात्रालाई समेत रोकेको छ ।
सडक अवरुद्ध भएको कारण सिर्जित असरले काठमाडौंमा आपूर्ति श्रृङ्खला ध्वस्त भएको छ । ग्यासको हाहाकारमाथि अब चिनीसहित अन्य अत्यावश्यक वस्तुको अभाव र कालोबजारी चुलिएको छ । कतिसम्म भने यही प्रकरणका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको जागीर समेत गयो ।
Read full story at source (ajakoartha.com)