सबाहमाथि म्यानचेस्टर युनाइटेडको ४–० को सहज जित
nepalviews.com · Fri Sep 11 01:31:07 GMT 2026
काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सबाहलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ। सुरुआतदेखि नै हावी भएको युनाइटेडले पहिलो हाफमै तीन गोल गर्दै खेलमा बलियो पकड बनाएको थियो।
खेलको २७ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ४२ औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस र ४५ औँ मिनेटमा बेन्जामिन सेस्कोले लगातार गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लियो। दोस्रो हाफमा पनि दबाब कायम राखेको युनाइटेडका लागि ६८ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले चौथो गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे।
Read full story at source (nepalviews.com)