पाकिस्तानविरुद्धको तेस्रो टेस्ट: इंग्ल्यान्डलाई वर्षा बाधक
kendrabindu.com · Fri Sep 11 01:38:22 GMT 2026
काठमाडौं । इंग्ल्यान्ड पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा बिहीबार जितको नजिक पुगेको छ । तर दोस्रो दिनको खेल भने वर्षाले प्रभावित रह्यो । बर्मिघममा भइरहेको खेलको दोस्रो दिन समाप्त हुँदा पाकिस्तानले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटमा ५२ रन बनाएको छ ।
पाहुना टिम अझै पनि २ सय ६८ रनले पछाडि छ र पूरा तीन दिनको खेल बाँकी रहेको छ । उसका लागि सान मसुद २१ र अजवन आविस २९ रन बनाएर खेलिरहेका छन् । त्यस अगाडि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ४ सय ५३ रन बनाएर आफ्नो स्थिति बलियो बनाएको थियो ।
Read full story at source (kendrabindu.com)