उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहद्वारा पदभार ग्रहण
gorkhapatraonline.com · Fri Sep 11 01:41:47 GMT 2026

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त हुनुभएको छ । सुनसरी निवार्चन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद साहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बिहीबार नै गौरी कुमारीले राजीनामा दिनुभएपछि सो पद रिक्त भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीका रूपमा उहाँलाई सिफारिस गरेपछि राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)