प्रतिनिधिसभाको बैठक बस्दै, सञ्चय कोषसम्बन्धी विधेयक पेश हुँदै
corporatenepal.com · Fri Sep 11 01:47:22 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
Read full story at source (corporatenepal.com)