लोक सेवा परीक्षा दिने घटे
annapurnapost.com · Fri Sep 11 01:46:34 GMT 2026

काठमाडौं : लोक सेवा आयोगको परीक्षाप्रति आकर्षण घटेको हो ? सरकारी आँकडाले भन्छ– अघिल्ला वर्षमा भन्दा यो वर्ष सरकारी जागिरका लागि आवेदन दिनेको संख्या झन्डै ८० हजार कम छ। जेन–जी आन्दोलनपछि स्वदेशमै सरकारी जागिर खाने र स्वदेशमा सुरक्षित भविष्यका लागि लोक सेवा परीक्षामा युवाहरूको आकर्षण बढ्ने अनुमान गरिएको थियो। तर, लोक सेवा आयोगकै आँकडाले भने फरक विवरण सार्वजनिक गरेको छ।
लोक सेवाका विभिन्न परीक्षाका लागि आर्थिक वर्ष २०८२/८३ मा ३ लाख ८२ हजार ९ सय ४७ वटा आवेदन परे। जबकि आर्थिक वर्ष २०८१/८२ मा ४ लाख ५९ हजार ८ सय ३४ आवेदन परेका थिए। तीमध्ये महिलाको संख्या पुरुषको भन्दा बढी रहेको आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले जानकारी दिए।
Read full story at source (annapurnapost.com)