विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा
arthadabali.com · Tue May 26 07:27:08 GMT 2026

पोखरा / २६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ। गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा पोखरामा सम्पन्न घोषणा कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित उद्योगी, सहकारीकर्मी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका महासचिव रामप्रसाद आचार्य, एसोसिएसनका सचिव शिवहरी आचार्य, सहसचिव रमेश सन्जेल, केन्द्रीय सदस्य राम बराल तथा कास्की जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष नवराज बडाललगायतको सहभागिता रहेको थियो।
Read full story at source (arthadabali.com)