म्यानचेस्टर युनाइटेडको विजयी सुरुआत
kendrabindu.com · Fri Sep 11 02:19:24 GMT 2026
काठमाडौं । म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा बिहीबार सबाहलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा सुखद पुनरागमन गरेको छ । सेस फाब्रिगासले पनि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा स्वपनिल डेब्यु गरेको छ । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेजसहित म्याथेस कुन्हा, बेन्जामिन सेस्को र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे ।
इटालीको सिरी ए क्लब कोमोले भने आरबी लाइपजिगलाई ४–१ ले स्तब्ध पारेको हो । यस्तै लेन्सले स्लाभिया प्रागमाथि ३–२ को जित रच्यो । फेनेबाचे र एएस रोमा तथा भीएसभी आयनहोभन र साख्तार डोनेस्कबीचको खेल भने समान १–१ को बराबरीमा टुंगियो ।
Read full story at source (kendrabindu.com)