कृष्णभिरको दीर्घकालीन समाधान टनेल
gorkhapatraonline.com · Fri Sep 11 02:19:33 GMT 2026

देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा देखिएको पहिरोको दीर्घकालीन समाधानका लागि टनेल निर्माण उपयुक्त हुने विज्ञहरूले औँल्याएका छन्। राजमार्गभन्दा तल त्रिशूली नदीको कटान र त्यसभन्दा माथि रहेको भिरमा देखिएको चिरा तथा पहिरोको जोखिमका बिच यस स्थानमा टनेल निर्माण नै उपयुक्त विकल्प हुने विज्ञहरूले जोड दिएका हुन्।
तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने मुख्य राजमार्गमा पर्ने कृष्णभिरमा सडक भासिने र पहिरो झर्ने समस्याका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको छ। २०५७ सालदेखि समस्या देखिँदै आएको यस भिरमा पछिल्लो पटक गत भदौ १४ गते सडक भासिएपछि अहिले राजमार्ग अवरुद्ध छ।
Read full story at source (gorkhapatraonline.com)