लेबनानमा इजरायली आक्रमण १२ को मृत्यु, ३ जना घाइते
gorkhapatraonline.com · Tue May 26 07:45:07 GMT 2026

इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।
यसैबिच, बेरुतको दक्षिणी उपनगरका केही भागमा आक्रमण विस्तार गर्ने इजरायली धम्कीपछि विस्थापित बासिन्दाको आवागमन बढेको देखाइएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च-२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।
Read full story at source (gorkhapatraonline.com)