बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात
gorkhapatraonline.com · Fri Sep 11 02:33:53 GMT 2026

बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडकको अवस्था समेटिएको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। विशेषगरी १० टनभन्दा माथिका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको विवरणमा उल्लेख छ।
Read full story at source (gorkhapatraonline.com)