९/११ का दृश्य नयाँ पुस्तामा, पुराना षड्यन्त्र सिद्धान्त फेरि फैलिँदै
ratopati.com · Fri Sep 11 02:35:59 GMT 2026

न्युयोर्क । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंकवादी हमलाको २५ वर्ष पूरा हुन लाग्दा त्यस दिनका पुराना टेलिभिजन फुटेज, भिडियो र तस्बिर सामाजिक सञ्जालमार्फत नयाँ पुस्तासम्म तीव्र रूपमा पुगिरहेका छन् । तर ९/११ को इतिहास बुझ्न नयाँ पुस्ताको चासो बढेसँगै वर्षौंदेखि फैलिँदै आएका षड्यन्त्र सिद्धान्त र गलत दाबी पनि फेरि चर्चामा आउन थालेका छन् ।
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदासँग सम्बन्धित १९ जना अपहरणकारीले चारवटा यात्रुवाहक विमान अपहरण गरेका थिए । तीमध्ये दुईवटा विमान न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका ट्विन टावरमा ठोक्किएका थिए । तेस्रो विमान वासिङ्टन डीसीस्थित पेन्टागनमा ठोक्किएको थियो भने चौथो विमान पेन्सिल्भेनियामा दुर्घटनाग्रस्त भएको थियो । उक्त हमलामा करिब ३ हजार मानिसको मृत्यु भएको थियो ।
Read full story at source (ratopati.com)