सांग्रिला डेभलपमेन्ट बैंकको साढे ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
arthasansar.com · Fri Sep 11 02:42:45 GMT 2026

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
Read full story at source (arthasansar.com)