काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि
ratopati.com · Tue May 26 08:05:31 GMT 2026

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको हो ।
नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।
Read full story at source (ratopati.com)