रौहटमा हावाहुरीको कहर : विधुतीय संरचनामा करिब ३० लाखको क्षति
annapurnapost.com · Tue May 26 07:56:47 GMT 2026

रौतहट : विधुत प्राधिकरण गौर शाखाअन्तर्गत विधुतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति भएको छ । सोमबार राति आएको हावाहुरीका कारण करिब ३० लाखको क्षति पुगेको र विधुत आपूर्तिमा समस्या आएको गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर धिरेन्द्र कुमार यादवले जानकारी दिए ।
हावाहुरीका कारण रौतहटको जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चौक आसपास क्षेत्रमा रहेको चपुर–गौर ३३ केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण शाखाका प्रमुख इन्जिनियर यादवका अनुसार २ वटा २ सय केभीको ट्रान्सफर्मर,२१ थान ११ मिटरका पोल र ९ थान ९ मिटरका पोलमा क्षति पुगेको छ ।
Read full story at source (annapurnapost.com)