भैरहवाको क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
nepalnews.com · Fri Sep 11 02:44:49 GMT 2026

काठमाडौं। भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना नेपाली नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका-१० मा रहेको उक्त क्यासिनोमा छापा मारेको हो।
नेपाली नागरिकहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। पक्राउ पर्ने नेपालीहरूमा म्याग्दीको बेनी नगरपालिका-७ का नारायण घर्ती, पोखरा-१५ का रोशन के.सी., पोखरा-१७ का सुदिप आचार्य, बुटवल-६ का रामु श्रेष्ठ र बुटवल-३ का चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
Read full story at source (nepalnews.com)