रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग
nagariknews.nagariknetwork.com · Fri Sep 11 02:33:50 GMT 2026

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।
उनीहरूको तत्काल खोजी तथा उद्धार गर्न गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) जुम्लाले सरकारसँग माग गरेको छ। गैसस महासंघ जुम्लाका अध्यक्ष टेकबहादुर रावतको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईलाई प्रेस नोट बुझाउँदै बेपत्ता जुम्लेलीको खोजीलाई राज्यले उच्च प्राथमिकतामा राख्न माग गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)