काठमाडौंसहित यी ४६ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Fri Sep 11 03:12:36 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (भदौ २६) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)