आइपीएल–२०२६ को फाइनल पुग्न गुजरात र आरसीबी भिड्दै
annapurnapost.com · Tue May 26 08:30:37 GMT 2026
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को पहिलो क्वालिफायर खेलमा आज साँझ गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले खेल्दै छन् । नेपाली समयानुसार यी दुई टोलीले साँझ ७ः४५ मा धर्मशालामा खेल्ने छन् ।
पहिलो क्वालिफायरमा जित निकाल्दा एक टोलीले २०२६ को आइपीएलको फाइनल खेल्ने छ । आजको खेलमा हार बेहोर्ने टोलीले भने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने.छ । तालिकाको शीर्ष स्थानमा रहेको आरसीबी राम्रो फर्ममा छ । त्यस्तै, लिगको सुरुवाती खेलमा संघर्षरत रहेको गुजरातले निकै राम्रो कमब्याक गरेको हो ।
Read full story at source (annapurnapost.com)