सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सांसदहरूको सुझाव
ajakoartha.com · Tue May 26 08:45:00 GMT 2026

काठमाडौं– सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्र्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्र्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उनीहरूले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे । सुर्र्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन्।
Read full story at source (ajakoartha.com)