राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र झाओ पेङबीच भेटवार्ता, के–के भयाे कुराकानी ?
shilapatra.com · Tue May 26 08:41:00 GMT 2026

राष्ट्रियसभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो । उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले ‘एक–चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्धता जनाइन् ।
Read full story at source (shilapatra.com)