कांग्रेस विभाजनको संघारमा, संस्थापन र इतर पक्षले अलग–अलग महाधिवेशन गर्ने तयारी
kendrabindu.com · Fri Sep 11 03:26:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन अलग–अलग गर्ने तयारीमा जुटेपछि विभाजनको संघारमा पुगेको छ । गत पुसमा विशेष महाधिवेशनमार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज १६–१९ मा महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म भृकुटीमण्डको प्रदर्शनी हल, बगैँचा, पार्किङस्थल बुकिङ गरिसकेको छ।
वडा, पालिका, प्रदेश–प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहीबार सातै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ।
Read full story at source (kendrabindu.com)