एक मिनेट किन नहोस् प्रधानमन्त्री संसद्को रोस्ट्रममा उभिनुपर्यो : युवराज दुलाल
baahrakhari.com · Tue May 26 09:01:38 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह एक मिनेट भए पनि संसद्को रोस्ट्रममा उभिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरेर जवाफ दिनैपर्ने बताए ।
“प्रधानमन्त्री संविधानभन्दा माथि हुनुहुन्छ । त्यसकारण छुट दिनुपर्यो भने आग्रह अनुरोध यो सरकारका तर्फबाट आउनुपर्यो,” उनले कटाक्ष गरे, “होइन भने प्रधानमन्त्री यही संसद्बाट जन्मिएको हो । एक मिनेट किन नहोस् प्रधानमन्त्री संसद्को रोस्ट्रममा आएर उभिनुपर्यो । प्रधानमन्त्री हाम्रो पनि हो ।”
Read full story at source (baahrakhari.com)