टेबलटेनिसमा योङगी पहिलो
nepalnews.com · Tue May 26 09:09:30 GMT 2026
काठमाडौँ। दक्षिण कोरियाको इन्चोनमा भएको याङ योङ जा टेबलटेनिस मिसन (वाईटीटीएम) मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
१६ देखि २६ मेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाए। नेपालकी युवा खेलाडी योङ्गी पौडेलले यू-१९ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्। उनलाई सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता तथा दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ योङ जाले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन्। योङ्गीले पुरस्कारस्वरूप नगद १५ हजार नेपाली रुपैयाँ र टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्राप्त गरिन्।
Read full story at source (nepalnews.com)