बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने
nagariknews.nagariknetwork.com · Fri Sep 11 03:38:10 GMT 2026

धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २० लाख ३० हजार ५५४ रुपैयाँ प्रदान गर्ने भएको छ। गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो।
गाउँपालिकाले विपद् कोषबाट पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट आठ लाख ८० हजार ६०८ गरी २० लाख ३० हजार ५५४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)