बाढी प्रभावित तीन सय परिवारलाई युएसभी फार्माको डेढ करोड सहयोग
gorkhapatraonline.com · Fri Sep 11 03:52:39 GMT 2026

हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो । सहयोगबाट बाढी प्रभावित क्षेत्रका तीन सय घरधुरीका एक हजार पाँच सय जना प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
Read full story at source (gorkhapatraonline.com)