समयमा भुक्तानी नगर्दा जरिबाना
gorkhapatraonline.com · Fri Jun 19 04:45:02 GMT 2026

कञ्चनपुरका स्थानीय तहले विद्युत् महसुल भुक्तानीमा अनियमितता गरेको पाइएको छ । यहाँका अधिकांश स्थानीय तहले समयमै महसुल भुक्तानी गरेर छुट सुविधा लिनुपर्नेमा जरिबानासहित करिब २७ लाख रुपियाँ अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम १० बमोजिम जिम्मेवार व्यक्तिले खर्च लेख्नुअघि त्यस्तो रकम भुक्तानी दिन आवश्यक बिल भर्पाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ तर यहाँका भीमदत्त नगरपालिका, लालझाँडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले भने ढिलो गरेर जरिबानास्वरूप २६ लाख ९३ हजार रुपियाँ विद्युत् महसुल भुक्तानी गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)